Logo
Logo

आरआर क्याम्पसको स्ववियु चुनाव स्थगित


441
Shares

काठमाडौं । रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । एमाले निकट अनेरास्ववियुले सोमबार मध्यराति नै तालाबन्दी गरेपछि क्याम्पस प्रमुखले सूचना जारी गर्दै आरआरको स्ववियु चुनाव रोकिएको जानकारी दिएका हुन् ।

‘क्याम्पस प्रवेशद्वारमा तालाबन्दी भएकाले प्रतिकु अवस्था सिर्जना भएकाले सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरी निर्वाचनको अर्को मिति तोक्नेगरी हाललाई निर्वाचन स्थगन गरिएको छ’, सूचनामा भनिएको छ ।

क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्