काठमाडौं । उर्जन श्रेष्ठ नेपाली यू–१९ पुरुष फुटबल टिमका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

भारतमा आगामी मे ९ देखि १८ सम्म आयोजना हुने साफ यू–१९ पुरुष च्याम्पियनसिप २०२५ को लागि टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका हुन् । श्रेष्ठले मंगलबार एन्फा कम्प्लेक्समा एन्फा महासचिव किरण राईबाट आफ्नो नियुक्ति पत्र ग्रहण गरेका छन्।
साफ यू–१९ च्याम्पियनसिपमा नेपाल, आयोजक भारत र श्रीलंका समूह बी मा छन् । समूह ए मा बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन् ।