Logo
Logo

परराष्ट्रमन्त्री आरजु र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


1.6k
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी छन् ।

नयाँदिल्लीमा भारतीय विदेश मन्त्रालयद्वारा आयोजित ‘राइसिना डायलग’ को क्रममा परराष्ट्रमन्त्री राणासँग विदेशमन्त्री जयशंकरको भेटवार्ता भएको हो ।

भेटवार्ता उपलब्धिमूलक भएको राणाले बताएकी छन् । भेटको क्रममा भारतसँगको सम्बन्धलाई नेपालले निरन्तर प्राथमिकतामा राखेको कुरा विदेशमन्त्री जयशंकरसँग राखेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्