काठमाडौं । पुलचोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् ।
उनी एक हजार एक सय दुई २ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी निकट विद्यार्थी संगठनका उम्मेदवार रसिक लम्सालले ७ सय १० पाए ।

विद्यार्थीको प्रतिनिधि विद्यार्थी हुनुपर्ने दलबाट हुन नहुने भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएको थिए । विद्यार्थीको प्रतिनिधि दलको हुनुपर्छ भन्ने भाष्य तोड्नुपर्ने बताएका थिए ।
सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटाले १०६४ मत ल्याएर निर्वाचित भएका छन् । कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकालले १०४२ मत ल्याएर निर्वाचित भएका छन् । पुलचोकमा ३ हजार ८०७ जना मतदाता थिए ।
यसअघि २०७९ मा भएको चुनावमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका विराज अर्यालले चुनाव जितेका थिए ।