काठमाडौं । थापाथली क्याम्पसको स्ववियु सभापतिमा प्रह्लाद खड्का निर्वाचित भएका छन् ।
नेविसंघबाट उम्मेदवार बनेका खड्का क्याम्पसको स्ववियु सभापतिमा विजयी भएको क्याम्पस प्रमुख खेम ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार स्ववियुको सचिवमा अखिल क्रान्तिकारीका जेसिस उपाध्याय र कोषाध्यक्ष नेविसंघका ऋषिकेश प्रजापती निर्वाचित भएका हुन् ।
मतगणना सकिए पनि आधिकारिक घोषणा हुन भने बाँकी रहेको छ