काठमाडैं । सशस्त्र प्रहरी महानिरीक्षक कप-२०८१ अन्तर्गत मंगलबार विभिन्न इभेन्ट्सका खेलहरू सम्पन्न भएका छन् ।
प्रतियोगितामा फुटबलतर्फको क्वाटरफाइनल खेलमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीलाई ३-० गोल अन्तरले पराजित गरेको छ । त्यस्तै अर्को खेलमा नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतले नंं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीलाई ६-५ गोल अन्तरले पराजित गरेको छ ।

त्यस्तै भलिबलतर्फको क्वाटरफाइनलको खेलमा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरलाई ३-२ को सेटमा र नंं ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीले नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौलाई ३-१ को सेटमा पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
यसैगरी एथलेटिक्स ५ हजार मिटर पुरुषतर्फको दौडमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थका सशस्त्र प्रहरी जवान रमेश वि.क. र ५ हजार मिटर महिलातर्फको दौडमा नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका सशस्त्र प्रहरी जवान करिष्मा मल्ल प्रथम भएका छन् ।
यसैगरी ४ सय मिटर पुरुषतर्फको दौडमा सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका सशस्त्र प्रहरी जवान रामबहादुर के.सी. र महिलातर्फ सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका सशस्त्र प्रहरी जवान पुष्पा वि.क. प्रथम भएका छन् ।
त्यसैगरी ४ सय मिटर पुरुषतर्फको ज्याभलिङ्ग थ्रोमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी जवान ईश्वर श्रेष्ठ र महिलातर्फ नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका सशस्त्र प्रहरी जवान सुष्मा चौधरी प्रथम भएका छन् ।
प्रतियोगिता यही चैत्र ८ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, सातै प्रदेशस्थिती बाहिनी मुख्यालयहरु र उपत्याकास्थित बाहिनी मुख्यालयका ६ सय १३ जना खेलाडीहरूको सहभागिता रहेको छ ।