Logo
Logo

स्ववियु निर्वाचन सम्पन्न, केही क्याम्पसहरुको नतिजा सार्वजनिक


63
Shares

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज सम्पन्न भएको छ ।

बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म क्याम्पसमा मतदान भएको थियो । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले छिटफुट घटनाबाहेक सबै क्याम्पसमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न जानकारी दिए । उनका अनुसार ३८ वटा आङ्गिक क्याम्पस आज निर्वाचन सम्पन्न भएका छन् । यस्तै दुई सय ५० वटा सम्बन्धन क्याम्पसमा निर्वाचन भएका छन् ।

मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना सुरु गरिसकेको छ । काठमाडौँका केही क्याम्पसहरु लगायत अन्य केही जिल्लाहरुको केही क्याम्पसहरुको नतिजा समेत आईसकेको छ । काठमाडौँका थापाथली क्याम्पसमा नेविसंघबाट उम्‍मेदवार बनेका प्रह्लाद खड्ड्का स्ववियु सभापतिमा विजयी भए भने पुलचोक क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ सभापतिमा निर्वाचित भएको छ ।

त्यस्तै रुपन्देहीको कञ्चन गाउँपालिकास्थित हरैया बहुमुखी क्याम्पसमा नेवि संघ र अखिल क्रान्तिकारीको पुरै प्यानल विजयी हुदा कैलालीको फूलबारी बहुमुखी क्याम्पसमा (नेविसंघ)को नेतृत्वमा रहेको प्यानल विजयी भएको छ । त्यसैगरी सिन्धुपाल्चोकको मेलम्ची भ्याली क्याम्पसमा अखिल क्रान्तिकारीका राजन गिरी र जलबिरे क्याम्पसमा क्रान्तिकारीकै अशोक ढुंगाना सभापतिमा निर्वाचित भएको छ ।

उपत्यकाका नेपाल कमर्श क्याम्पस, पाटन संयुक्त क्याम्पस, पुल्चोक इञ्जिनिरियङ क्याम्पस, थापाथली इञ्जिनिरियङ क्याम्पस, महेन्द्ररत्न क्याम्पसमा निर्वाचन भएको थियो । त्रिविले प्रत्येक दुईरदुई वर्षमा गर्ने स्ववियु निर्वाचन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्