Logo
Logo

युक्रेनमा युद्धविराम गर्न रुसद्वारा अस्वीकार


2.5k
Shares

काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग ३० दिन अस्थायी युद्धविराम गर्न अस्वीकार गरेका छन् । मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनवार्तामा पुटिनले युक्रेनमा ३० दिनसम्म युद्धविराम गर्ने प्रस्तावलाई अस्वीकार गरिदिएको रोयटर्सले जनाएको छ ।

समाचारमा बताइउअनुसार ट्रम्प र पुटिनबीच झन्डै २ घन्टा लमो कुराकानी भएको थियो । पुटिनले सम्पूर्णरूपमा युद्धविराम नहुने, बरू ३० दिनसम्म युक्रेनको उर्जा क्षेत्रमा आक्रमण नगर्ने बताएको समाचारमा उल्लेख छ । ट्रम्पसँगको कुराकानीपछि पुटिनले रूसी सेनालाई युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न निर्देशन दिएको पनि रोयटर्सले जनाएको छ ।

पुटिनले ३० दिनसम्म आक्रमण रोकेको अवस्थामा युक्रेनले सेना र हतियारहरू थप गर्ने र त्यसलाई परिचालन गर्न सक्ने तथा शान्ति सम्झौता हुँदा उनीहरूको माग दोब्बर हुन सक्ने बताएको जनाइएको छ ।

टेलिफोन वार्तापछि ट्रम्पले भने सकारात्मक छलफल भएको बताएका छन् । उनले एक टेलभिजन अन्र्तवार्तामा भने, ‘हामीले झन्डै २ घन्टा कुराकानी ग¥यौं । धेरै राम्रो कुराकानी भयो ।’ तर, ट्रम्पले जे चाहेका थिए, त्यो नभएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ऊर्जा क्षेत्रमा हमला रोक्ने प्रस्तावलाई समर्थन गर्ने बताएका छन् । उनले मंगलबार राति ४० भन्दा बढी रूसी ड्रोनहरूले सुमी र किएभ वरपरका अस्पतालहरूमा प्रहार भएको बताएका छन् । पुटिनले युद्धविरामको प्रस्तावलाई वास्तविक रूपमा अस्वीकार गरेका छन् र युद्धलाई लम्ब्याउने पुटिनको प्रयासलाई विश्वले अस्वीकार गर्नुपर्ने बताएका समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्