Logo
Logo

नौ महिना अन्तरिक्षमा बिताएर पृथ्वीमा फर्किए सुनिता विलियम्स र बुच विल्मोर


3.1k
Shares

काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नौ महिना अन्तरिक्षमा बिताएपछि पृथ्वीमा फर्किएका छन् । आज बिहान सवा ३ बजे चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तटनजिकै समुद्रमा अवतरण गरेको बीबीसीले उल्लेख गरेको छ ।

अन्तरिक्षयानबाट बाहिर निस्किँदा दुवै अन्तरिक्षयात्रीको अनुहारमा खुसी देखिन्थ्यो । आइएसएसबाट छुटेको १७ घण्टापछि उनीहरु पृथ्वी आइपुगेका हुन् ।

उनीहरुलाई बोकेको अन्तरिक्षयान द्रुत गतिमा पृथ्वीको वायुमण्डलमा प्रवेश गर्यो । त्यसपछि चार प्यारासुटहरू खुले । प्यारासुटको मद्दतले उनीहरु फ्लोरिडाको तटमा बिस्तारै अवतरण गरेको बीबीसीले उल्लेख गरेको छ ।

नासाको कमर्सियल क्रू प्रोग्रामका प्रबन्धक स्टिभ स्टिचले चालक दलका सदस्यहरूको प्रशंसा गरेका छन् । सुनिता विलियम्स र बुच विल्मोर जुन ५, २०२४ मा स्टारलाइनर परीक्षण यानबाट आईएसएस गएका थिए ।

त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्कने योजना थियो । तर अन्तरिक्षयानमा समस्या उत्पन्न भएपछि उनीहरु आउन सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्