काठमाडौं । इजराइलले गाजामा भीषण आक्रमण गरेको छ । इजरायलले गएराति गाजा क्षेत्रमा गरेको आक्रमणबाट चार सयभन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जदनाएका छन् ।
गाजामा युद्धविराम सुरू भएयताकै यो ठूलो आक्रमण भएको बताइएको छ । बीबीसीको समाचार अनुसार इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले युद्धविराम लम्ब्याउन अस्वीकार गरेका कारण आफूले आक्रमण गर्न निर्देशन दिएको बताएका छन् । गाजाका नागरिकलाई सुरक्षित स्थानमा जान पनि उनले निर्देशन दिएका छन् ।

उनले भनेका छन्, ‘इजराइलले हमासविरूद्ध अझै सशक्त ढंगले आक्रमण गर्नेछ । अब युद्धविराम र शान्तिको वार्ता सामान्य अवस्थामा होइन आक्रमणकै बीच हुनेछ ।’ हमासले इजरायली प्रहारको महुसस गरिसकेको बताउँदै प्रधानमन्त्रस् नेतन्याहुले भनेका छन्, ‘यो त केबल सुरूवात मात्रै हो ।’
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इयराइलले गाजाको उत्तरदेखि दक्षिणसम्मका घरहरू र पाल टाँगिएका शिविरहरूमा आक्रमण गरेको छ । प्रत्यक्षदर्शीहरूले मंगलबार राति इजरायली विमानले गाजा शहरमा मिसाइल प्रहार गरेको बताएका छन् ।
इजरायल र हमासबीच गत माघ ५ गते तीन चरणको युद्धविराम हुनेगरी गाजामा पहिलो चरणको युद्धविराम घोषणा भएको थियो । ४२ दिनपछि मध्यस्तकर्ताहरुले दोस्रो चरणको युद्धविरामका लागि सहमति जुटाउन नसकेपछि अमेरिकी अधिकारीहरूको प्रस्तावमा इसराइल गजामा थप ४२ दिनको पहिलो चरणकै युद्धविराम अवधी बढाउन सहमति भएको थियो ।
तर, हमासले दोस्रो चरणको युद्धविराम हुनुपर्ने माग राख्दै पहिलो चरणकै युद्धविराम लम्ब्याउने प्रस्तावालाई नकारेका थियो । त्यसपछि इजरायलले गाजामा आक्रमण गर्दै आएको छ । गजामा मानवीय सहायताका सामग्रीहरू बोकेर गएका ट्रकहरूलाई सिमानामै इजरायलले रोक्दै आएको छ ।
यो पछिल्लो आक्रमणले इजरायलले गाजामा पुनः आक्रमण सुरू गरेको आकलन गरिएको छ । यसले हमासको कब्जामा रहेका बन्धकहरुको आफन्तहरूमा पुनः त्रास सिर्जन गरेको छ ।