Logo
Logo

बाख्रा चराउँदै गर्दा लडेर एक जनाको मृत्यु


504
Shares

काँक्रेविहार । जाजरकोटमा बाख्रा चराउँदै गर्दा लडेर एक वजनाको मृत्यु भएको छ ।

बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको हो । घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनी लडेर घाइते भएका थिए ।

घाइते डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा लैजाँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्