Logo
Logo

महेन्द्ररत्न क्याम्पस ताहाचलमा अनेरास्ववियुको प्यानलै विजयी


1.1k
Shares

काठमाडौं । महेन्द्ररत्न क्यापस ताहाचलको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एमाले निकट अनेरास्ववियुको प्यानलै विजयी भएको छ ।

स्ववियु सभापतिमा अनेरास्ववियुका २९४ मतसहित ईश्वर थापा विजयी भएका छन् । सचिवमा सौगात न्यौपाने २७१ मत ल्याएर सचिव निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा स्मारिका खत्री ३२१ मत ल्याएर निर्वाचित भएकी छन् । प्रत्यक्षतर्फ ९ सदस्य पनि अनेरास्ववियुले नै जितेको छ ।

ताहाचलमा कम्युनिस्ट घटक निकट विद्यार्थीले गठबन्धन गरेर निर्वाचन लडेका थिए । थापा दोस्रो कार्यकालका लागि स्ववियु सभापति निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्