
काठमाडौं । मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार प्रसिद्ध रेग्मी निर्वाचित भएका छन् ।
मंगलबार भएको स्ववियुको निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट उम्मेदवार बनेका रेग्मी ७०६ मतका साथ निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका छोइसाङ लामा ५०७ मतसहित पराजित भए ।
सचिवमा नेविसंघका उत्सव ढुंगाना विजयी भएका छन् । उनले ७११ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी क्रान्तिकारीका दिपेश कार्कीले ५४४ मत पाएका छन् । कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइँटेल ७०४ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी क्रान्तिकारीका अमन रायले ५४४ मत प्राप्त गरे ।
त्यस्तै सदस्यहरूमा मनोज घलान (७८९), उमेश चौधरी (७२५), दिवस चापागाईँ (७३४), साजिर अन्सारी (६७३), कृष्ण थिङ्ग (६३८), मन्दिप थापा (६३३), विवश अर्याल (६१६) र अतित अधिकारी (६२०) निर्वाचित भएका छन् ।