Logo
Logo

नेविसंघ ९९ र अनेरास्ववियुले जित्यो ८६ क्याम्पसको सभापति (सूची)


13k
Shares

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले अहिलेसम्म ९९ वटा क्याम्पसमा स्ववियु सभापति पद जितेको छ । मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत नेविसंघले देशभरका ९९ वटा क्याम्पसमा सभापति पद जितेको हो ।

यस्तै याे समाचार तयार पार्दासम्मको मतपरिणामअनुसार नेकपा एमालेनिकट अनेरास्ववियुले ८६ क्याम्पसमा सभापति पद जितेको छ भने अखिल क्रान्तिकारीले ७३ कलेजको स्ववियु अध्यक्ष जितेको छ । अन्य क्याम्पसकाे मत परिणाम आउने क्रम जारी छ ।

देशभरि ३८ आङ्गिक र दुई सय ५० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको थियो । केन्द्रीय विश्वविद्यालय लगायत केही आङ्गिक क्याम्पसहरूमा भने निर्वाचन हुन सकेको छैन । ती क्याम्पसमा पनि चाँडै निर्वाचन हुने त्रिविले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्