Logo
Logo

‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न बीमकहरूलाई निर्देशन


189
Shares

काठमाडौं । नेपाल बिमा प्राधिकरणले जीवन बिमा, निर्जीवन र्बीमा तथा पुनर्बीमा व्यवसाय गर्ने सबै बिमा कम्पनीहरूलाई ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन दिएको छ ।

जसअनुसार, लगानी व्यवस्थापन गर्नका लागि लगानी सम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गरी सात दिनभित्र प्राधिकरणलाई जानकारी दिन बिमा कम्पनीहरूलाई निर्देशन दिइएको छ ।

यसैगरी, लघुबीमा व्यवसाय गर्ने लघुबीमा कम्पनीहरूलाई लगानी व्यवस्थापन कार्यका लागि सोसम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीलाई जिम्मेवारी दिई सात दिनभित्र प्राधिकरणमा जानकारी दिन प्राधिकरणले निर्देशन दिएको छ ।

साथै, बिमा कम्पनीहरूले यसअघि लगानी सम्बन्धी व्यवस्थाको कार्यान्वयन गरिसकेको भए सो को समेत सातभित्र जानकारी दिन प्राधिकरणले सबै बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्