काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले आफ्नो गाउँ, आफैँ बनाऔं’ अभियानलार्ई प्रभवकारीरुपमा अगाडी बढाउनु पर्ने सुझा दिएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री तथा स्वा. एमाले नेता मनमोहन अधिकारीले अघि सारेका ‘आफ्नो गाउँ, आफैँ बनाऔं’ अभियानलाई सरकारले कार्यक्रमको रुपमा अगाडि बढाउनुपर्ने बताए ।
उनले भने- ‘मनमोहन अधिकारीले सारेको ‘आफ्नो गाउँ, आफैँ बनाऔं’ अभियानलाई सरकारले कार्यक्रमको रुपमा अगाडि सरेको भए यसको प्रभावकारिता आजसम्म पनि देखिन्थ्यो, अभियान छोटो समयका लागि हुनसक्छ र यसको प्रभावकारीता पनि छोटो हुनसक्छ त्यसैले यस्ता अभियानहरुलाई कार्यक्रम नै बनाएर जानुपर्छ’ ।
त्यस्तै सांसद झाले जनगणनाका बेला ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ भन्न अभियानलाई पनि कर्याक्रमको रुपमा स्थापित गर्न सुझाव दिए । यस्ता अभियानहरुलाई कार्यक्रमको रुपमा स्थापित गर्न सके कार्यक्रम लामो समयसम्म रहने हुँदा यसको प्रभावकारीता पनि लामो समयसम्म रहने बताए ।