Logo
Logo

नेकपा एसमा जान रोक्नको लागि मात्रै एमालेले बोलाएको रहेछ: वामदेव गौतम  


6.1k
Shares

काठमाडौं । कम्युनिस्ट नेता वामदेव गौतमले एकीकृत समाजवादीमा नजाओस् भनेर नेकपा (एमाले)ले पार्टीमा आउन प्रस्ताव गरेको बताएका छन्।

बुधबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै एमालेसँगको प्रस्ताव अघि नबढेको बताए । उनले भने ‘हामी समाजवादीमा जाने एक किसिमले सहमति भइसकेको जस्तो थियो। निर्णय त गरिसकिएको थिएन। मनचाहिँ त्यस्तो भइसकेको थियो। त्यही बेलामा प्रस्ताव आयो। त्यो प्रस्ताव समाजवादीतिर नजाओस् भनेर रहेछ ।’ 

उनले समाजवादी र एमालेमा भएका साथीहरू आफूले जाने बुझेकै भएकाले जता गए पनि जनता खुसी हुने बताए। नेतृत्व तहका भन्दा आधारभूत तहका नागरिक खुसी हुने उनको धारणा छ।

तर उनले अब आफ्नै नेकपा एकता राष्ट्रिय अभियान बलियो बनाउनतिर लाग्ने बताए । एमाले परित्याग गरेर एकता अभियान चलाइरहेका गौतम पछिल्लो समय एमालेमा जाने चर्चा थियो ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भए पनि एमालेले ठोस निर्णय गरेको छैन । गौतम नेतृत्वको अभियानसँग छलफल गर्दै जाने सैद्धान्तिक निर्णय मात्रै गरेको छ ।

प्रतिक्रिया दिनुहोस्