काठमाडौं । नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीको पदावधि थप भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहायक रथी केसीको पदावधि चार महिना थप गर्ने निर्णय गरेको हो ।

यही चैत २९ गतेदेखि २०८२ साउन २८ गतेसम्म केसीको पदावधि थप गरिएको रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिए ।
३४ वर्षदेखि नेपाली सेनामा सेवारत केसीले गत वैशाख ३ गतेदेखि नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी पाएका थिए ।
त्यसअघि उनी पोखरास्थित ३ नम्बर बाहिनीको बाहिनीपति थिए। अहिले थप गरिएको पदावधिभित्रै केसी उपरथीमा बढुवा हुने सम्भावना छ । उनी सहायक रथीको रोलक्रममा अगाडि छन् ।