पोखरा । विद्यार्थी संगठनको विवादका कारण रोकिएको पोखराको पृथ्वीनारायण ‘पीएन’ क्याम्पसको स्ववियु निर्वाचनलाई नयाँ मिति तोकिएको छ ।

क्याम्पस प्रमुख डा. रामचन्द्र पौडेलले विज्ञप्ति जारी गरी चैत १० गते निर्वाचन मिति तय भएको बताएका हुन् । नयाँ निर्वाचन तालिकाअनुसार चैत १० गते आइतबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म चुनाव हुनेछ ।
निर्वाचनको मौन अवधि चैत ७ गते राति १२ बजेदेखि लागू हुने नपि बताइएको छ।
त्यस्तै यसअघि चैत ५ मा हुने भनिएको निर्वाचन रोकिए पनि त्यसदिन निर्वाचन गराउन खटिएका प्राध्यापक र कर्मचारीहरू यथास्थानकै जिम्मेवारीमा रहने पनि पोखरेलले जारी सूचनामा भनिएको छ।