Logo
Logo

महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारीले जित्यो स्ववियु सभापति


693
Shares

काठमाडौं । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका रोहित यादव निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनबाट उनले १११८ मत प्राप्त गरे ।

रोहितका निकटतम प्रतिस्पर्धी नेविसंघका प्रज्वलजंग विष्टले १०७५ मत पाए । तेस्रो भएका अखिलका अनिश बोगटीले जम्मा २३२ मत पाएका छन् ।

सचिवमा भने नेविसंघकी सुदीक्षा थापा मगर ७४१ मतसहित विजयी भएकी छन् । कोषाध्यक्षमा पनि नेविसंघकै रोशनकुमार पासवानले ६६ मतान्तरले विजयी भए । पासवानले ८९३ मत पाउँदा अखिल क्रान्तिकारीका राजिव यादवले ८२७ मत पाए । अखिलका मन्दिप पोखरेलले ५८१ मत पाए ।

प्रतिक्रिया दिनुहोस्