Logo
Logo

यूएईमा ‘सुुगुप’को प्रिमियर शो हुने


819
Shares

काठमाडौं । यूएईमा चलचित्र ‘सुगुप’को प्रिमियर शो हुने भएको छ । निर्देशक लोकेन साँबाका अनुसार यही मार्च ३० मा ‘सुगुप’ यूएईको स्टार सिनेमाज एयल गुरेर मुभी थ्रेटरमा प्रदर्शन हुने भएको हो ।

‘नेपाल राष्ट्रिय चलचित्र पुरस्कर–२०२५’बाट पुरस्कृत तथा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड पाउन सफल ‘सुगुप’ लिम्बू समुदायको संस्कार र संस्कृतिमा आधारित नेपाली चलचित्र हो । यसअघि यो चलचित्र नेपालका आवाल हङकङ, युकेलगायतका देशमा प्रदर्शन भइसकेको छ ।

चलचित्रमा प्रेम सुब्बा, बबिता नेयोङहाङ, मौसम इम्बुङ (फुलन्देको बाऊ), यासेली योङहाङ, डम्बरकुमारी लिम्बू, निता लिम्बूको मुख्य भूमिका रहेको छ । लोकेन साँबा निर्देशित यो चलचित्रको गीतमा राजेशपायल राई, अन्जु पन्त, सुनिता थेगिम, मनु नेम्बाङ र सुमन लिम्बूले स्वर दिएका छन् भने संगीत प्राज्ञ अशोककुमार राई लोहरुङको रहेको छ ।

पटकथा, संवाद देवेन्द्र खापुङ ‘सुर्केली’को रहेको ‘सुगुप’को छायाँकन युवराज राई ‘वीरवहादुर’ले गरेका छन् ।
रविनकुमार नाल्बोको निर्माण तथा प्रस्तुती रहेको यस चलचित्रमा शैलेन्द्रकुमार नाल्बो, दिलमाया लाबुङ, एलपी साँवा, मनिशा सुब्बा नाल्बो, श्रीप्रसाद माबो र स्वर्गीय रामप्रसाद पन्दाक निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्