Logo
Logo

लाइसेन्सको लिखित र ट्रायलका लागि रकम माग्ने १४ जना धरौटीमा रिहा


6.2k
Shares

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि लिखित र ट्रायल परीक्षा पास गराउने आश्वासनमा रकम मागेको आरोपमा पक्राउ परेका १४ जना धरौटीमा रिहा भएका छन् ।

काठमाडौंको गोकणेश्वर–७ स्थित एक ट्रायल सेन्टरमा उनीहरूले विभिन्न आश्वासन देखाएर रकम माग गर्दै हैरानी गरेको प्रहरीले बताएको छ । सो आरोपमा पक्राउ परेका १४ जना १० हजार धरौटीमा रिहा भएका हुन् ।

अभद्र व्यवहार कसुरमा अनुसन्धान गरेर जिल्ला प्रशासन कार्यायल, काठमाडौंबाट धरौटी लिइ उनीहरूलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्