Logo
Logo

सञ्चय कोषले माग्यो ३८ कर्मचारी (सूचनासहित)


2.1k
Shares

काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३८ जना कर्मचारी नियुक्त गर्न दरखास्त आह्वान गरेको छ । शुक्रबार गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशन गर्दै कोषले आठौं तहमा प्रबन्धकदेखि पाँचौं तहमा मुख्य सहायकसम्म कर्मचारी मागेको हो ।

सूचनाअनुसार प्रबन्धक एकजना, उपप्रबन्धक ४ जना, विभिन्न समूहमा ११ जना सहायक प्रबन्धक र २२ जना प्रमुख सहायक गरी ३८ जना कर्मचारी नियुक्तिका लागि दरखास्त मागेको हो । हरेक पदका लागि आवश्यक योग्यता र दरखास्त दस्तुर फरक फरक तोकिएको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाइनमार्फत पनि दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्