चितवन । चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्रबाट निर्वाचित स्ववियु सभापति प्रज्वल अधिकारी मावावादी केन्द्र निकट अखिल क्रान्तिकारीमा प्रवेश गरेका छन् ।

उनलाई माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड र भरतपुर महानगरकी मेयर रेनु दाहालले स्वागत गरे । आफू क्रान्किारीमा प्रवेश गरेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् ।
साथै, उनले स्ववियू निर्वाचनमा आफूलाई अध्यक्षमा विजयी गराएकोमा सबैलाई धन्यवाद दिएका छन् । उनले स्ववियू सभापतिका रुपमा रहेर क्याम्पसको हितका लागि अखिल क्रान्तिकारीमा समाहित भएको बताएका छन् । क्रान्तिकारीमा समाहित भएपनि संयुक्त प्यानलको प्रतिवद्धता पत्र अनुसार काम गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।