Logo
Logo

अमेरिकामा शिक्षा मन्त्रालय खारेज ! ट्रम्पले गरे आदेशमा हस्ताक्षर


1.8k
Shares

ले शिक्षा मन्त्रालय वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालय खारेज गर्न अधिकारीहरूलाई निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

ट्रम्पले आफ्नो चुनावी अभियानको क्रममा मन्त्रालय खारेज गर्ने वाचा गरेका थिए । बिहीबार आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले भने, ‘हामी यसलाई सकेसम्म चाँडो बन्द गर्नेछौँ ।’ मन्त्रालयले अमेरिकालाई कुनै फाइदा गरी नरहेको उनले बताएका थिए ।

उनले लामो समयदेखि मन्त्रालय खारेज गर्न माग गर्दै आएका थिए । तर, यसलाई पूर्ण रूपमा बन्द गर्न उनलाई अमेरिकी संसद कांग्रेसको अनुमोदन चाहिन्छ । यो सम्भव नभएको बताइएको छ ।

ट्रम्पले हालै भारी मात्रामा मन्त्रालयका कर्मचारी कटौतीको घोषण गरेका थिए । ती कर्मचारी र मन्त्रालय बन्द भएपछि निकालिने अरू सबै कर्मचारीबाट ट्रम्पले कानुनी चुनौतीहरूको सामना गर्नु परिरहेको छ ।

तर, ट्रम्प भन्छन्, ‘अन्य कुनै पनि देशको तुलनामा शिक्षामा अमेरिकाले निकै धेरै पैसा खर्च गर्दछ, तर यति हुँदा हुँदै पनि विद्यार्थीहरूको सफलता निकै कम छ ।’

अमेरिकामा शिक्षा मन्त्रालयले विद्यालयको पाठ्यक्रम तय गर्दैन । यसले कलेज र विश्वविद्यालयका विद्यार्थीहरूको लागि संघीय विद्यार्थी ऋण व्यवस्थापन गर्ने र कम आय भएका अनि शारीरिक रूपमा अशक्त विद्यार्थीहरूलाई सहयोग प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्