Logo
Logo

सत्तारुढ दल एमाले पनि राजावादीविरुद्ध सडकमा उत्रँने, यस्तो छ तयारी


1.9k
Shares

काठमाडौं । पूर्वराजा र राजावादीहरुको पछिल्लो सक्रियताले यतिखेर राजनीतिकवृत हल्लिएको छ । अर्थात, रजावादीहरु ‘राजा फर्काउने’ भन्दै सडकमा उत्रँन थालेयता गणतन्त्रवादी दलहरु सशंकित भएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवशको अवसरका दिएको वक्तव्यसँगै राजावादीहरु सक्रिय भएका छन् । त्यसलगतै पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्कँदा राजावादीहरु ज्ञानेन्द्रको स्वागत गर्न उर्लेको जनसागर देखेर पनि सत्तारुढ एवं गणतन्त्रवादी दलहरु झस्किएको अनुमान गर्न सकिन्छ ।

बिहीबार एमाले महासचिव शंकर पोखरेलले जुम बैठकमार्फत् जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै आन्दोलनका कार्यक्रमबारे जानकारी गराएका छन् । एमालेले आगामी चैत ११ गते देशैभर प्रतिगामी कुप्रयासबारे जनसचेतना कार्यक्रम गर्ने भएको छ ।
एमाले धादिङ अध्यक्ष भूमि त्रिपाठीले महासचिव पोखरेलले जरा अभियानलाई सघाउ पुग्नेगरी थप जनपरिचालनबारे निर्देशन दिएको बताएका छन् । जरा अभियानकैबीच एमालेले थप केही अभियानहरू सञ्चालन गर्ने भएको हो ।

उनले भने, ‘पञ्चायतको अन्त्यपछि प्राप्त गरेका उपलब्धीसमेतको जानकारी गराउने गरी आगामी चैत ११ गते वडावडामा कार्यक्रम गर्नेछौं । अहिले केही पनि भएको छैन । सबै बरबाद भयो भन्ने जे प्रचार गरिँदैछ, त्यसलाई चिर्छौं ।’

त्यस्तै, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्लास्तरमा अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने जानकारी पनि जुम बैठकमा महासचिव पोखरेलले गराएका थिए ।

एमालेले चैत १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापाबाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरण सभा आयोजना गर्ने एमालेको तयारी छ । जागरणसभा नहुने जिल्लामा मोटरसाइकल ¥याली गर्ने महासचिवले बताएका छन् ।

त्यस्तै, चैत २४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभाको आयोजना गर्ने एमालेको तयारी छ । ती सभाको केही दिनपछि तोकिने महासचिव पोखरेलले बताएका छन् ।

गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा राजावादीहरूले स्वागत तथा प्रदर्शन गरेका थिए । राजसंस्था पुनस्र्थापनाका लागि भन्दै राप्रपा, नवराज सुवेदी र दुर्गा प्रसाईं नेतृत्वमा भिन्नभिन्नै संघर्षका कार्यक्रम गर्ने तयारी भइरहेका बेला एमालेले अहिलेको व्यवस्थाका पक्षमा आन्दोलन गर्न लागेको हो ।

यसअघि नै राजावादीविरुद्ध नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतले आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्