Logo
Logo

शारीरिक सम्बन्ध राख्न श्रीमतीले पैसा मागेपछि…


4k
Shares

एजेन्सी । भारतको बेंगलुरुमा एक युवकले आफ्नै श्रीमतीविरुद्ध उजुरी दिएका छन् ।

श्रीमतीले शारीरिक सम्बन्ध राख्नका लागि पैसा मागेको, माइती पक्षसँग मिलेर आफूलाई मानसिक यातना दिएको तथा विवाहको तीन वर्षसम्म पनि दाम्पत्य जीवन राम्रो हुन नसकेको भन्दै ती युवकले प्रहरीसमक्ष उजुरी दिएका हुन् ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार पीडित युवक सफ्टवेयर इन्जिनियर हुन् । १४ अगस्ट २०२२ मा उनले विवाह गरेका थिए । विवाह अघि नै आफूसँग पत्नी र उनकी आमाले पैसा माग्न थालेको उनको आरोप छ ।

आफूले सासुको खातामा ३ लाख रुपैयाँ नगद र विवाह खर्चका लागि नगद ५० हजार रुपैयाँ दिएको जिकिर गर्दै उनले विवाहपछि पनि पैसा माग्ने र उत्पीडन गर्ने काम नरोकिएको उजुरीमा उल्लेख गरेका छन् ।

पत्नीले वैवाहिक जीवनलाई स्वीकार नगरेको, शारीरिक सम्बन्ध राख्न खोज्दा प्रतिदिन ५ हजार रुपैयाँ माग्ने गरेको तथा आत्महत्याको धम्की दिएको र मारपिटसमेत गरेको पीडित युवकको भनाइ छ । पत्नीले माइतीका लागि घर किन्न आफूमाथि दबाब बढाएको पनि पीडित युवकको दाबी छ ।

घर किन्नका लागि ६० लाख रुपैयाँ मागेको र प्रत्येक महिना ७५ हजार रुपैयाँको किस्ता तिर्नका लागि दबाब बढाएको उनले उजुरीमा उल्लेख गरेका छन् । आफ्ना माग पूरा नभएसम्म शारीरिक सम्बन्ध राख्न नमानेको आरोप पनि उनले पत्नीविरुद्ध लगाएका छन् ।

सम्बन्ध विच्छेदका लागि प्रस्ताव राख्दा पत्नीले ४५ लाख रुपैयाँ मागेको समेत उनले उजुरीमा उल्लेख गरेका छन् । पत्नीकै उत्पीडनका कारण आफूले जागिर गुमाउनु परेको समेत उनले उजुरीमा उल्लेख गरेका छन् । यस आरोप सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्