Logo
Logo

बढुवा भएका दुई अधिकृतले लगाए एसपीको फुली


4k
Shares

काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका दुई अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा र अतिरिक्त महानिरीक्षक सुदीप गिरीले बढुवा भएका रवीन कार्की र ज्ञानेन्द्र बस्नेतलाई एसपीको फुली लगाइदिएका हुन् ।

यसअघि उनीहरु दुबै जना सिनियर हुँदाहुँदै बढुवामा छुटेका थिए । २९ फागुनमा उनीहरु एसपीमा बढुवा सिफारिस भएका थिए । गृह सचिवस्तरबाट बिहीबार उनीहरूलाई बढुवा गर्ने निर्णय भएको हो।

प्रतिक्रिया दिनुहोस्