Logo
Logo

०८४ सम्म प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड


882
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सम्म आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन् ।

वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफु जनताकै साथमा रहने भन्दै ०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका हुन् । उनले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काममा केन्द्रित रहेको आरोप लगाए ।

‘यो सरकार राम्रो काम गर्न बनेको होइन । उहाँहरूको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ,’ उनले भने, ‘राम्रो काम गर्नेहरूलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो । त्यो कुरा कुलमान हटाउने कुराबाट सजिलै थाहा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्