Logo
Logo

प्रेस चौतारीको अध्यक्षमा राजेश राईको उम्मेदवारी घोषणा


567
Shares

काठमाडौं । प्रेस चौतारी नेपालको अध्यक्षमा राजेश राईले उम्मेदवारी घोषणा गरेका छन् ।

संगठनका उपाध्यक्ष रहेका राईले सामाजिक सञ्जालमार्फत दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले नेतृत्वले सर्वसहमतिको प्रयत्न गरे पनि आफू योग्य रहेको र नभए प्रतिनिधिहरूले निर्णय लिने उनको विश्वास छ ।

‘अहिलेसम्म पार्टी नेतृत्व÷संगठनबाट हामी दाबेदारहरूलाई राखेर औपचारिक निर्देशन भएको छैन । यसको मतलब हामीलाई जनवादको अभ्यास गर्ने अवसर दिनु हुनेछ,’ उनले भनेका छन्, ‘हाम्रो मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादले भन्छ– प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर ।’

राईले प्रेस चौतारीको सांगठानिक जीवनमा आफुले गरेको योगदान स्मरण गर्दै आगामी दिन चौतारीको नेतृत्व सम्हाल्न लागि आफु योग्य रहेको बताएका हुन् । चौतारीको १०औं महाधिवेशन यहि चैत १० देखि १२ गतेसम्म विराटनगरमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्