गोरखा । हाल गोरखामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखाको गुरु गोरखनाथ र गोरखकाली माताको मन्दिरमा पूजाअर्चना गरेका छन् । शनिबार पूर्वराजा शाहले ती मन्दिरमा पूजा अर्चना गरेका हुन् ।

शाहवंशीय परम्पराअनुसार गोरखकाली मातालाई कुलदेवीका रूपमा लिइने गरिन्छ । सो अवसरमा पूर्वराजा शाहलाई स्थानीय सर्वसाधारणले स्वागत गरेका थिए । पूर्वराजा शाहले मनकामना मन्दिरमा पनि पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि उनी आजै कुरिनटार जाने कार्यक्रम रहेको बताइएको छ । यसअघि उनले गोरखा दरबारको अवलोकन तथा दर्शन गरेका थिए ।