Logo
Logo

विचाराधीन विधेयकहरू छिट्टै टुंग्याउने प्रयास भइरहेको छ : सभाुमख घिमिरे


819
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुंग्याउने प्रयास भइरहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा विचाराधीन रहेका निजामती कर्मचारी, प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित विधेयकहरू छिट्टै टुंगो लगाउने काम भइरहेको बताएका हुन् ।

संविधानले प्रदान गरेका अधिकार पूर्णरूपमा प्रयोग गर्न सक्ने वातावरण अझै बन्न नसकेको गुनासो आइरहेको भन्दै उनले संघीय निजामती सेवा ऐनको अभावले प्रशासनिक संघीयता कमजोर बनाएको आम जनगुनासो आएको बताए ।

सभामुख घिमिरेले संविधानले अधिकार विकेन्द्रीकरण गरेपनि व्यवहारमा केन्द्रिकरण बढिरहेको बताए । उनले योजना तर्जुमा र बजेट वितरण संघमा सिमित रहनु सङ्घीयताको मर्मअनुसार नभएको पनि बताए ।

संघीयता बलियो बनाउन अन्तरप्रदेश परिषद्, अन्तर सरकारी वित्त परिषद् र राष्ट्रिय समन्वय परिषद् जस्ता फोरमहरूलाई क्रियाशील बनाउन जरुरी रहेको उनको भनाइ छ । उनले संघीयताको विकल्प खोज्नुको सट्टा यसको सबलीकरण र संघीयतामा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्