Logo
Logo

आठ महिनामा झण्डै २२ अर्बको स्मार्टफोन आयात


315
Shares

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा झण्डै २२ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन आयात भएका छन् ।

भन्सार विभागको तथ्याङ्कअनुसार आठ महिनामा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरका १४ लाख ७ हजार ७८ स्मार्टफोन आयात भएको हो । यसबाट सरकारले ४ अर्ब ८ करोड ५१ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

यस अवधिमा १ अर्ब ५२ करोड ५८ लाख ९५ हजार रुपैयाँ बराबरका १६ लाख ९ हजार ९७ वटा अन्य मोबाइल एवम् वायरलेस सञ्चारका उपकरण आयात भएको विभागले जनाएको छ । यसबाट २८ करोड ३८ लाख ९३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्