
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्ने भएको हो ।
बैठकमा गणतन्त्रविरुद्ध पूर्वराजालाई अघि सारेर भएका प्रदर्शन, गणतन्त्रवादीको भूमिकालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
बैठकमा पार्टीको पेसागत तथा बुद्धिजीवि विभागले बुझाएको प्रतिवेदनपछि उठेका प्रश्नका विषयमा पनि छलफल हुने बताइएको छ।