Logo
Logo

ग्यास सिलिन्डर पड्किँदा घाइते भएकी महिलाको मृत्यु


693
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा ग्यास सिलिन्डर पड्किँदा घाइते भएकी महिलाको मृत्यु भएको छ । २ चैतमा सिलिन्डर पड्किदा घाइते भएकी धनगढी उपमहानगरपलिका–६ मट्यारी बस्ने ३६ वर्षीया मिना खड्काको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो ।

खड्काको उपचारका क्रममा शनिबार कीर्तिपुरको बर्न अस्पतालमा मृत्यु भएको डीएसपी कबिन्द्र सिंह बोहराले जानकारी दिए । उनकाअनुसार अन्य दुई जना घाइतेको पनि काठमाडौंमै उपचार भइरहेको छ ।

मृतककी छोरी २० वर्षीय चन्द्रा खड्का र ग्यास बिक्रेता स्थानीय व्यापारी ४० वर्षीय गोविन्दराज जोशी उपचाररत छन् । जोशीको पसलबाट ग्यास सिलिन्डर खरिद गरेकी खड्काले उनलाई नै जोड्नका लागि बोलाएकी थिइन् । सोही क्रममा सिलिन्डर पड्किएपछि उनीहरु तीनै जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्