Logo
Logo

हेटौंडामा चट्याङ लागेर गर्भवती घाइते


189
Shares

काठमाडौं । मकवानपुरमा चट्याङ लागेर एक गर्भवती महिला घाइते भएकी छिन् । शनिबार ४ बजेतिर कैलाश गाउँपालिका १० नामटार बागुनेमा चट्याङ पर्दा २१ वर्षीया सुनमाया वाइवा घाइते भएकी हुन् ।

गभर्वती अवस्थामा रहेकी उनलाई आफ्नै घरको पेटीमा घर सफा गरिरहेको बेला एक्कासि चट्याङ लागेको छ । उनको ढाडको भित्री भागमा चोट लागेको बताइएको छ । उनको थप उपचारका लागि पुरानो मेडिकल रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्