Logo
Logo

पोखराको पीएन क्याम्पसमा स्ववियु निर्वाचन आज


630
Shares

काठमाडौं । पोखरास्थित पृथ्वीनारायण (पीएन) क्याम्पस मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आज हुँदैछ ।

निर्वाचन समितिले अहिले बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानका लागि समय तोकेको छ । ९ हजार २७० मतदाता रहेको पृथ्वीनारायण क्याम्पसमा ६ विद्यार्थी संगठन र २ स्वतन्त्रले उम्मेदवारी दर्ता गराएका छन् ।

जसअनुसार एमालेको अनेरास्ववियुबाट विष्णु पौडेल, कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुशील न्यौपाने, माओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, एकीकृत समाजवादीको अनेरास्ववियू, विप्लवनिकट अखिल समाजवादी र वैद्यनिकट अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङ र अखिल छैटौँबाट मिलन सुनार अध्यक्षका प्रत्यासी छन् ।

यसअघि चैत ५ गते हुने भनिएको मतदान मतपत्र विवादका कारण बिथोलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्