
काठमाडौं । अमेरिकी सरकारले एमसीसी परियोजना अन्तगर्तका केही कार्यक्रम अगाडी बढाउन नेपाललाई अनुमति दिएको छ ।
अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला अमेरिकी सरकारले एमसीसी अन्तर्गतका केही कार्य अगाडि बढाउन नेपाललाई अनुमति प्रदान गरेको हो ।
अगाडि बढाउन अनुमति दिइएका कार्यहरूमा महत्त्वपूर्ण खरिद कार्यहरू र कार्यालय सञ्चालनसम्बन्धी आवश्यक कार्यहरू रहेका छन् । कामहरूको पुनः थालनीका लागि व्यवस्थापन गरिरहेको बताएको एमसीए नेपालले यी कार्यक्रमहरुको निरन्तरताबारे भने प्रस्ट बताएको छैन ।
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएर आएपछि सबै प्रकारका विदेशी अनुदान स्थगन गरेका थिए। सो क्रममा एमसीसी परियोजना स्थगित भएको थियो भने नेपालमा सञ्चालित यूएसएडका कतिपय कार्यक्रम खारेजीमै परेका छन्।