काठमाडौं । प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका १६ जना प्रहरी कर्मचारीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षकको कार्यालयले आइतबार एक सूचना जारी गर्दै दुईजना प्रहरी सहायक निरीक्षक, १२ जना प्रहरी जवान र दुईजना प्रहरी कार्यालय सहयोगी एक महिनाभन्दा लामो समयदेखि गैरहाजिर रहेको जनाएको छ ।
उनीहरूको खोजतलास गर्दापनि सम्पर्कमा नआएकाले ७ दिनभित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिँदै सूचना जारी गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने छ ।
