Logo
Logo

उज्बेकिस्तान जाँदै सभामुख, भ्रमण टोलीमा को–को छन् ?


2.4k
Shares

काठमाडौं । सभामुख देवराज घिमिरे उज्बेकिस्तान जाँदैछन् । अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औं महासभामा सहभागी हुन ९ सदस्यीय टोलीको नेतृत्व गर्दै उनी यही चैत २० गते त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।

दुई हप्ता लामो भ्रमण टोलीमा प्रमुख चार राजनीतिक दलबाट एक÷एक जना सदस्य छन् । एमालेबाट राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्य, कांग्रेसबाट प्रमुख सचेतक श्याम घिमिरे, माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य सूर्यमान दोङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सांसद सोविता गौतम सभामुखसँगै उज्वेकिस्तान जाने छन् ।

संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभा सचिव हर्क राई, अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका उपसचिव राजु रिमाल र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई पनि टोलीमा हुनेछन् । उक्त टोली आगामी वैशाख २ गते मात्र स्वदेश फर्किनेछ ।

प्रतिक्रिया दिनुहोस्