Logo
Logo

भक्तपुरमा एक पुरुषको शव भेटियो, हत्याको आशंका


1k
Shares

काठमाडौं । भक्तपुरमा एकजना पुरूष मृत भेटिएका छन् । प्रहरीका अनुसार मृतक खोटाङ केपिलासगढी गाउँपालिका–२ घर भई बोडे बस्दै आएका ६६ वर्षीय ओमप्रकाश राई हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज नेउपानेका अनुसार आइतबार बिहान ५ः५५ बजे मध्यपुर ठिमी नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्पटको पार्किङमा राईको शव भेटिएको हो । उनका अनुसार घटना शंकास्पद छ । राईको कान र टाउकोमा चोट देखिएको छ ।

डिएसपी नेउपानेका अनुसार राईको ढुंगाले हिर्काएर हत्या गरिएजस्ताृे देखिन्छ । घटनास्थल नजिकैबाट रगत लागेको ढुंगा बरामद भएको उनले बताए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्