Logo
Logo

नुवाकोटमा कौडा खेलिरहेका १६ जना पक्राउ


819
Shares

काठमाडौं । नुवाकोटमा कौडा खेलिरहेका १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवपुरी गाउँपालिका–६, खोलेगाउँका ३२ वर्षीय सुरेन्द्र तामाङसहितका व्यक्तिहरू छन् ।

नगद चार लाख १२ हजार ८०० रुपैयाँ, ६ बुक तास र ३२ थान कौडासहित तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा उनीहरूलाई शनिबार राति पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्