काठमाडौं । काठमाडौंमा बसले किच्दा एकजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१६ स्थित सडकमा बा५ख ३७०२ नम्बरको शनिबार बसले किचेर घाइते भएका पुरुषको आज मृत्यु भएको हो ।
प्रहरीका अनुसार अन्दाजी ६० वर्ष जतिका ती पुरुषको हालसम्म सनाखत हुन सकेको छैन । शनिबार दिउँसो बसले किचेर गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।