काठमाडौं, २३ असार।
नेपालमा कोरोना संक्रमितको संख्या घटेको छ । पछिल्लो २४ घन्टामा एक सय ८ जना मात्र नयाँ संक्रमित पहिचान भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै यो अवधिमा एक सय ३९ थपिएका छन् ।
नेपालमा कुल संक्रमितको संख्या १६ हजार पाँच सय ३१ पुगेको छ भने सात हजार आठ सय ९१ डिस्चार्ज भएका छन् ।
भारतबाट आउने क्रम रोकिएको र क्वारेन्टाइनमा बस्नेहरुको संख्या घटेकाले संक्रमित घटेका हुन् । समुदायमा थोरै परीक्षण भएकाले जोखिम भने कायमै छ । संक्रमितको संख्या कम हुनु जोखिम कम हुनु नभएकाले उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आग्रह गरे ।