काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले वि.स. २०८२ सालको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ ।
परम्परागत रूपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्देश्य अनुरूप डिजिटल संस्करण सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

महत्त्वपूर्ण चाडपर्वहरू, तिथि, बिदा, शुभ साइत तथा विक्रम संवत्, नेपाल संवत् तथा अङ्ग्रेजी संवतको मितिहरू लगायतका सम्पूर्ण विषयवस्तुहरू डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ ।
नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरूको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरूको संस्कृतिलाई सम्बद्ध तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।