Logo
Logo

आज ५ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची


882
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत आज पाँच संसदीय समितिको बैठक बस्दैछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति,शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।

बिहान ८ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीतिबारे विज्ञ, सरोकारवाला र सम्बन्धित पक्षसँग छलफल हुँदैछ ।

बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्य प्रगति र आगामी आर्थिक वर्षको कार्यक्रम, योजना तथा रणनीतिबारे छलफल हुने छ ।

त्यस्तै बिहान साढे १० बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची छ ।

त्यसैगरी, दिउँसो १ बजे अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ ।

दिउँसो १ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्