Logo
Logo

प्रचण्डको टिप्पणी- ज्ञानेन्द्र शाहको बुद्धि छैन


1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘बुद्धि नभएको’ भनेर टिप्पणी गरेका छन् । एक टेलिभजिन अन्तवार्तामा प्रचण्डले वीरेन्द्रप्रति सिंगो माओवादी आन्दोलन र आफ्नो पनि सकारात्मक धारणा बनेको बताउँदै ज्ञानेन्द्रलाई बुद्धि नभएको टिप्पणी गरेका हुन्।

प्रचण्डले भनेका छन्, ‘वीरेन्द्रले केही न केही डेमोक्रेटिक ढंगले सोच्छन् भन्ने खालको बुझाइ बनेको थियो । तर ज्ञानेन्द्रको बुद्धि के छ भने निरंकुश राजतन्त्र फर्काउन ८६ वर्षे वयोवृद्ध नवराज सुवेदीलाई आन्दोलनको नेतृत्व गर्न भनेर दुःख दिए । यसबाट थाहा हुन्छ ज्ञानेन्द्रको बुद्धि कति छ भनेर ।’

८६ वर्षीय सुवेदी राजसंस्था पुनस्र्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिका संयोजक हुन् । विगतमा ज्ञानेन्द्र शाहले दलहरुलाई दबाउन तुलसी गिरी र कीर्तिनिधि विष्ट रोजेको र अहिले सुवेदीलाई खोजेको प्रचण्डले टिप्पणी गरे । तर वीरेन्द्रमा केही न केही लोकतान्त्रिक भावना पाएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्