Logo
Logo

सुनको मूल्य घट्दा चाँदी स्थिर


504
Shares

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो ।

आइतबार १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्