
काठमाडौं । नेपाली कांग्रेसनिकट लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित भएका छन् ।
चम्लागाईं ३५१ मत ल्याएर अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्ष पदका अर्का उम्मेदवार विकास थापाले ८८ र कल्पना खड्काले १३ मत प्राप्त गरेका छन् ।
अध्यक्षमा निर्वाचित भएका चम्लागाईं महामन्त्री गगन थापा र केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीनिकट हुन् । उपाध्यक्ष र महामन्त्री पदमा पनि चम्लागाईं समूहकै उम्मेदवार निर्वाचित भएका छन् । उनको समूहबाट उपाध्यक्ष उम्मेदवार बनेका उदयबहादुर लिम्बुले ३३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
यस्तै उपाध्यक्षमा नै ३३९ मतसहित अनिता घिमिरे गैह्रे निर्वाचित भइन् । यस्तै महामन्त्रीमा गणेशबहादुर खत्री र किरण पासवान निर्वाचित भएका छन् । खत्रीले ३४९ मत प्राप्त गर्दा पासवानले ३५५ मत पाएर निर्वाचित भए ।