
काठमाडौं । नेपाली कांग्रेसले जिल्ला समन्वय समिति सदस्यदेखि वडा सदस्यसम्मले नियमित रुपमा पार्टीलाई बुझाउनुपर्ने लेबी घटाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जिसस सदस्यदेखि वडा सदस्यसम्मले तिर्ने लेबी आधाले घटाउने निर्णय गरेको हाे ।
कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले पुरानो व्यवस्थालाई संशोधन गर्दै जिसस सदस्य, गाउँरनगर वडा अध्यक्षले प्राप्त गर्ने मासिक पारिश्रमिकको ५ प्रतिशत र गाउँरनगर वडा सदस्य र कार्यपालिका सदस्यले प्राप्त गर्ने मासिक पारिश्रमिकको २ प्रतिशत अनिवार्य बुझाउनुपर्ने बनाइएको जानकारी दिए ।
महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको चैत ५ को बैठकले लेबी रकम आधाले घटाउने निर्णय गरेकोमा कार्यसम्पादन समिति बैठकले उक्त निर्णय अनुमोदन गरेको हो ।